काठमाडौं– प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूले प्रमाणपत्र लिन निर्वाचन आयोगमा पुगेका छन् ।
रास्वपाका सांसदहरू अत्यन्तै महँगा र सुविधा सम्पन्न गाडीमा पुगेका छन् भने अन्य दलका केही सांसद बाइकमा पुगेका थिए ।
केही भने हिँडेरै आयोग पुगेर प्रमाणपत्र लिएका छन् ।
समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधिसभामा कुल ११० सांसद निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले प्राप्त मतका आधारमा राजनीतिक दलहरूलाई संसदको सिट बाँडफाँड गरेको छ ।
रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९, र श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सिट प्रदान गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्























