images
images
  • बालेन प्रधानमन्त्री बने रविले आफ्ना एसम्यान चयन गर्नेछन् मन्त्री, चलाउनेछन् मन्त्रालय

    काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बन्ने तयारी भइरहँदा रवि लामिछानेले मन्त्री चयन प्रक्रियामा कडा नियन्त्रण राख्ने संकेत दिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि बालेन प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

    यसअघि भएको सहमतिअनुसार रवि पार्टी सभापति रहने र बालेन संसदीय दलको नेताका रूपमा सरकार नेतृत्व गर्नेछन् ।

    मन्त्री बन्ने आकांक्षी सांसदहरू सक्रिय हुन थालेपछि रविले ‘लबिइङ’ नगर्न कडा निर्देशन दिएका छन् ।

    उनले पुरानो शैलीको शक्ति–केन्द्रित राजनीति अन्त्य गर्नुपर्ने भन्दै अनुशासनमा रहन चेतावनी दिए ।

    बालेनले भने दक्ष र सक्षम व्यक्तिहरूलाई समेटेर सानो आकारको मन्त्रिमण्डल (१८ भन्दा कम) बनाउने तयारी गरेका छन् ।

    सरकारको १०० दिने कार्ययोजना पनि तयार पारिँदैछ ।

    तर, मन्त्री चयन र फिर्ता बोलाउने अधिकार पार्टीमै रहने स्पष्ट पार्दै रविले अन्तिम निर्णय आफ्नो नेतृत्वमा हुने संकेत दिएका छन् ।

    यसले बालेन प्रधानमन्त्री भए पनि सरकार सञ्चालनमा पार्टी संगठनमार्फत रविको प्रभाव रहने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images