images
images
  • आकाशियको सुन–चाँदीको भाउ एकाएक ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो ।

    महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि बुधबार यही सुन ३ लाख ७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

    त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरिएको छ ।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ ।

    बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १४० रुपैयाँले कम हो ।

    बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images