images
images
  • कांग्रेसले गगन थापाको राजीनामा अस्वीकृत गर्दैछ किन ?

    काठमाडौं– चुनावी पराजयपछि नैतिकताका आधारमा सभापति गगन थापाले राजीनामा दिए पनि नेपाली कांग्रेस केन्द्रीय समितिले त्यसलाई अस्वीकृत गर्ने तयारी गरेको छ ।

    उच्च स्रोतका अनुसार राजीनामा अस्वीकृत गर्ने सहमति बनिसकेको छ ।

    यसअघि उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरूले थापालाई राजीनामा नदिन दबाब दिएका थिए ।

    तर, नैतिक सन्देश दिने र पछि समितिबाट अस्वीकृत गराउने रणनीतिअनुसार उनले राजीनामा दिएका हुन् ।

    शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा पराजय र राजीनामाबारे छलफल हुने बताइएको छ ।

    नेताहरूका अनुसार अहिले राजीनामा स्वीकृत गर्दा पार्टी झन् कमजोर हुने ठहर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images