images
images
  • गुल्मीमा पेप्सी-कोकाकोला बोके ट्रक दुर्घटना, २ जना घाइते

    काठमाडौं- गुल्मीको सत्यवती गाउँपालिका-५ हँसरास्थित भित्री कच्ची सडकमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ५३७३ नम्बरको पेप्सी-कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।

    सो क्रममा चालक रुपन्देही बुटवल उपमहानगरपालिका-११ जयकुटीका ३४ वर्षीय केशव ज्ञवाली घाइते भएका छन् । उनको बायाँ खुट्टा र बायाँ आँखा माथि चोट लागेको छ।

    ट्रकमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका-१ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवालीको पनि नाक, दायाँ हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

    दुवै घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ गुल्मी पठाइएको छ ।

    उनीहरूको अवस्था सामान्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images