images
images
  • कक्षा ९ मा अध्ययनरत उमित बुढामगरले कसरी बनाए बन्दुक ?

    काठमाडौं- परिवर्तन गाउँपालिका-५ कोरलका कक्षा ९ मा अध्ययनरत विद्यार्थी उमित बुढामगरले बन्दुक बनाएका छन् ।

    बुढामगर परिवर्तन गाउँपालिका-१ कुरेलीको बाल कल्याण मावि उपबाङ्मा अध्यन गर्छन् ।

    १५ वर्षका उनले दुई हप्ता लगाएर एम-१४ नाम दिएर बन्दुक निर्माण गरेका हुन् ।

    स्रोत साधन जुटाउन मुस्किल थियो तर प्रयोगविहीन सामग्रीको प्रयोग गरेर बन्दुक निर्माण गरेको बुढामगरले बताए । चरा धपाउनका लागि बन्दुक निर्माण गरेको उनको भनाइ छ ।

    ‘बन्दुक बनाउँदा मैले काठ, फलामका पाइप, ब्याट्री र बाँसको जडान गरेको छु’, उनले भने ।

    सलाइको काँटी प्रयोग गरेर बन्दुक पड्काउन सकिन्छ ।

    बुढामगरले घरेलु सामग्रीको प्रयोग गरेर बन्दुक बनाएपछि परिवर्तन गाउँपालिका-१ का वडाध्यक्ष मैते बुढा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीणकुमार बुढामगर,विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर वलीलगायत विद्यालयका शिक्षक-शिक्षिका र सुरक्षाकर्मीले समेत खादा र अबिर लगाएर बधाई दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images