images
images
  • गगन थापाले दिए राजीनामा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

    गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले सभापति पदबाट राजीनामा दिएका हुन् ।

    सर्लाही(४ बाट उम्मेदवार रहेका थापालाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।

    रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

    चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

    थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए ।

    थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ ।

    केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images