images
images
  • रास्वपा सांसदहरूको शपथपछि संसदीय दलको नेता चयन हुने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सम्पन्न भएपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ।

    पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूको शपथपछि मात्रै दल नेता चयनलगायतका आन्तरिक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

    उनका अनुसार रास्वपा प्रक्रियागत ढंगले अगाडि बढ्ने तयारीमा रहेको छ।

    संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तयारी गरिरहेको छ।

    सोही कार्यक्रम सम्पन्न भएपछि मात्रै रास्वपाले संसदीय दलको नेता चयन गर्नेछ।

    रास्वपाले फागुन २१ गते सम्पन्न निर्वाचनमा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको थियो।

    तर उनलाई संसदीय दलको नेता बनाउन पार्टी विधान संशोधन गर्नुपर्ने अवस्था देखिएको छ।

    हालको निर्वाचन परिणामअनुसार रास्वपाले झण्डै दुई तिहाइ बहुमत हासिल गरेको छ।

    प्रतिनिधिसभामा मात्रै १८२ सिट जितेको रास्वपा अब एकल सरकार गठनको तयारीमा जुटेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images