images
images
  • भीषण युद्धबीच इरानी राष्ट्रपतिले के भने ?

    काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अस्थायी युद्धविराम (सीजफायर) नभई युद्धको स्थायी अन्त्य चाहने बताएका छन् ।

    बीबीसी पर्सियनका अनुसार, अल जजिरासँग तेहरानमा गरिएको अन्तर्वार्तामा अराघचीले भने, ‘हामी सीजफायर चाहँदैनौं, किनकि केही समयपछि फेरि यस्तै अवस्था दोहोरिन सक्छ । हामी युद्धको पूर्ण र स्थायी अन्त्य चाहन्छौं ।’

    उनले इरानका सर्वोच्च नेता मोजतबा खामेनीको स्वास्थ्यबारे पनि प्रतिक्रिया दिँदै सामान्य चोट मात्रै लागेको र अवस्था पूर्ण रूपमा सामान्य रहेको बताए ।

    ‘उहाँ स्वस्थ हुनुहुन्छ र परिस्थितिमा पूर्ण नियन्त्रणमा हुनुहुन्छ,’ उनले भने ।

    अराघचीले यस युद्धमा इरान अमेरिका र इजरायलको आग्रह तथा गलत आकलनका कारण प्रवेश गरेको आरोप पनि लगाए ।

    उनले भने, ‘हामीसँग बिना शर्त आत्मसमर्पण माग्नेहरू अहिले आफ्नै दुश्मनसँग सहयोग माग्न बाध्य भएका छन्, ताकि स्ट्रेट अफ होर्मुज खुला राख्न सकियोस् ।’

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई होर्मुज जलडमरू मार्ग खुला राख्न युद्धपोत पठाउन आग्रह गरेका थिए ।

    तर, पछि उनले युरोपेली मुलुकहरूको आलोचना गर्दै हामीलाई कसैको सहयोग आवश्यक नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images