images
images
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान

    काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयका अनुसार शुक्रबार बिहान ९ बजे बैठक बस्ने तय गरिएको हो ।

    बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा आयोजना हुने जनाइएको छ ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको उपस्थिति रहने बताइएको छ ।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा निर्धारित समयमै उपस्थित हुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

    बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images