images
images
  • यी हुन् मन्त्री बन्ने लाइनमा रहेका रास्वपाका सांसदहरू (नामावलीसहित)

    काठमाडौं– दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले नयाँ सरकार गठनको तयारीमा छ ।

    पार्टीले मन्त्रालयगत उम्मेदवारको रोस्टर तयार पार्दै छलफल तीव्र बनाएको छ ।

    अर्थमन्त्रीमा हाल स्वर्णिम वाग्लेको नाम मात्रै चर्चामा छ ।

    स्रोतका अनुसार वाग्लेजस्तो योग्यता भएका अरू कोही छैनन्, त्यसैले अन्यले दाबी गरेका छैनन् ।

    पहिले उनीलाई ‘चेक’ गर्न राष्ट्रिय सभामा वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई लैजान प्रस्ताव थियो, तर सरकारले रिक्त स्थानमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

    गृह मन्त्रालयमा भने दुई नेताले दाबी गरेका छन्‌ ।

    उपसभापति डीपी अर्याल र नेता सुनिल लम्सालले गरेका छन् ।

    लम्साल बालेन निकट हुन् र शक्तिशाली मन्त्रालयमा सन्तुलन मिलाउन उनलाई ल्याउने तयारी छ ।

    अर्कोतर्फ, अर्याल गृहमन्त्री बाहेक केही नबन्ने अडानमा छन् ।

    पार्टीले अर्याललाई सभामुखको रूपमा अघि सारेको भए पनि उनी इच्छुक नदेखिएका कारण विकल्पका रूपमा भौतिक पूर्वाधार मन्त्रालय दिइने सम्भावना छ ।

    शिक्षामन्त्रीका लागि तीन नाम चर्चामा छन् ।

    पूर्व शिक्षामन्त्री महावीर पुन, बालेनका पूर्व शिक्षा सल्लाहकार सस्मित पोखरेल, र कैलाली–५ का सांसद आनन्द चन्द छन् ।

    स्वतन्त्र सांसद पुनलाई सरकारमा ल्याए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दिने तयारी छ ।

    अन्यथा, सस्मित वा चन्दको सम्भावना छ ।

    परराष्ट्र मन्त्रीको रोस्टरमा तीन नाम छन्, शिशिर खनाल, डा. तारा जोशी र कमलदेव सुवेदी ।

    खनाल काठमाडौं–६ बाट निर्वाचित सांसद र पूर्व शिक्षामन्त्री हुन् ।

    डा. जोशी डडेलधुराबाट निर्वाचित सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ हुन् ।

    कमल सुवेदी दाङ–३ बाट निर्वाचित सांसद, क्यानडामा अध्ययन गरेका र नीति निर्माणमा अनुभव भएका अन्तर्राष्ट्रिय विशेषज्ञ हुन् ।

    सरकार गठनका लागि सम्भावित क्याबिनेट सदस्यको अन्तिम निर्णयमा बालेन नेतृत्वमा विज्ञहरूसँग छलफल जारी छ ।

    विकास मन्त्रालयमध्ये सबैभन्दा ठूलो भनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदको दाबी देखिएको छ ।

    रोस्टरमा रुपन्देही–५ बाट निर्वाचित सुनिल लम्साल, सिन्धुली–२ का आशिष गजुरेल र गोरखा–१ का सुदन गुरुङको नाम चर्चामा छ ।

    सूत्रका अनुसार, लम्साल गृह मन्त्रालय पाउँदा गजुरेलको भौतिक पूर्वाधार मन्त्री बन्ने सम्भावना बलियो छ ।

    गजुरेल यस क्षेत्रमा विज्ञ मानिन्छन् र उनले इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको अनुभव पनि राख्छन् ।

    सुदन गुरुङले जेनजी आन्दोलनदेखि पार्टी भित्रको समन्वयमा भूमिका खेले पनि भौतिक पूर्वाधारको ज्ञान कम भएकाले उनलाई खेलकुद तथा युवा मन्त्रालय दिने तयारी गरिएको छ ।

    करिब दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले मन्त्रिमण्डल गठनको तयारी सुरु गरेको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित पार्टीले मन्त्रालयगत उम्मेदवारको रोस्टर बनाएर छलफल गर्दैछ ।

    स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा बागलुङ–१ का प्रतिनिधिसभा सदस्य सुशील खड्काको नाम चर्चामा छ । त्यस्तै, रुपन्देही–५ का तौफिक खान र प्युठानका सुशान्त वैदिकको नाम रोस्टरमा परेको छ । काठमाडौँ–७ का दोस्रो पटक निर्वाचित गणेश पराजुलीको दाबी भए पनि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राखिएको छ ।

    खड्का अमेरिकाबाट केमिकल इन्जिनियरिङ र अर्थशास्त्रमा स्नातकोत्तर हुन् र १२ वर्षअघि नेपाल फर्केर व्यवसाय, हरित उद्यम र सामाजिक सेवामा सक्रिय छन् ।

    तौफिक खानले भारतको पाण्डिचेरी विश्वविद्यालय र दिल्ली विश्वविद्यालयबाट व्यवस्थापन र वाणिज्यमा उच्च शिक्षा प्राप्त गरेका छन् । सुशान्त वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स र नर्वेको नर्वेजियन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images