काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरुलाई जनताले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्न आग्रह गरेका छन्।
रास्वपाले आयोजना गरेको नयाँ सांसद अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले भने, “जनताले पुराना राजनीतिक दललाई ३५ वर्षसम्म अवसर दिए। तर हामीलाई २६ महिना वा २६ दिन पनि कुर्ने समय छैन। यो कुरा सबैले ध्यान दिनु आवश्यक छ।”
उनले सांसदहरुलाई जिम्मेवारीपूर्वक काम गर्ने र जनताको अपेक्षा अनुसार तत्काल परिणाम दिन प्रेरित गरेका छन्।
प्रतिक्रिया दिनुहोस्























