images
images
  • रास्वपा अभिमुखीकरणमा आज पनि गएनन् बालेन, भर्खरै पुगे रवि

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन् ।

    पार्टीले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिने कार्यक्रम आयोजना गरेको छ ।

    सोही कार्यक्रमअनुसार, समापन मन्तव्य सभापति लामिछानेले दिने तय थियो, जसका लागि उनी कार्यक्रमस्थलमा पुगेका हुन् ।

    यद्यपि, रास्वपाका वरिष्ठ नेता बालेन शाह उक्त अभिमुखीकरण कार्यक्रममा उपस्थित भएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images