images
images
  • चौतर्फी आलोचनापछि गृहमन्त्री अर्यालको राष्ट्रिय सभा सदस्य सिफारिस राष्ट्रपति पौडेलले रोके

    काठमाडौं– मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलको विचाराधीनमा राखिएको छ ।

    राष्ट्रपतिले अध्ययन र छलफलका लागि सिफारिसलाई विचाराधीन अवस्थामा राखेका हुन् ।

    चैत १ गते सरकारको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको थियो ।

    स्रोतका अनुसार राष्ट्रपतिले अर्यालको नियुक्ति सिफारिसबारे अध्ययन र सल्लाहपछि मात्र निर्णय गर्नेछन् ।

    संविधानको धारा ८६(२)(ख) अनुसार नेपाल सरकारले कम्तीमा १ जना महिला सहित ३ जनालाई राष्ट्रपतिबाट मनोनयन गर्न सक्छ ।

    सोही कोटामा अर्यालको नाम सिफारिस भएको थियो ।

    तर, सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद् कार्यालय र अर्याललाई विपक्षी बनाएर दायर रिटमा संघीय संसद् सदस्यताको योग्यतासम्बन्धी धारा ८७ (१) (ङ) विपरीत सिफारिस गरिएको प्रश्न उठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images