काठमाडौं– इजरायली हवाई आक्रमणमा इरानका सुरक्षा अधिकारी अली लारिजानी मारिएपछि इरान–इजरायल तनाव झन् चर्किएको छ ।
इरानका सैन्य प्रमुख अमिर हतामीले लारिजानीसहित मारिएका व्यक्तिहरूको ‘निर्णायक बदला’ लिइने चेतावनी दिएका छन् ।
उनले उचित समय र स्थानमा कडा प्रतिक्रिया दिने बताएका छन् ।
इरानले लारिजानीको मृत्यु पुष्टि गरिसकेको छ ।
यसैबीच, इरानको क्रान्तिकारी गाड्र्स (आईआरजीसी)ले प्रतिशोधस्वरूप मध्य इजरायलमा मिसाइल प्रहार गरिसकेको दाबी गरेको छ ।
युद्धकै बीच इरानमा नेतृत्वको विषय पनि चर्चामा आएको छ ।
मोज्तबा खामेनीलाई सम्भावित नयाँ सर्वोच्च नेताका रूपमा हेरिएको छ भने राष्ट्रपति मसूद पज्गियानले अहिले संकट व्यवस्थापनमा प्रमुख भूमिका निभाइरहेका छन् ।
यता, इजरायलले भने अझ आक्रामक अभिव्यक्ति दिएको छ ।
इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले मोज्तबा खामेनीलाई पनि लक्षित गर्न सकिने बताएका छन् ।
यस घटनापछि मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ ।


विश्व खबर 


















