images
images
  • ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

    गुल्मी– ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो ।

    गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images