images
images
  • जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग

    काठमाडौं- उज्यालो नेपाल पार्टी (उनेपा)ले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

    मंगलबार पार्टीका प्रवक्ता डा. राजु थापाले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन सार्वजनिकको माग गरेका हुन् । यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरी दोषी उपर कडा कारबाही गर्न जोडदार माग गरिएको छ ।

    प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो भने त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गर्न माग गरिएको छ ।

    प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानूनसम्मत प्रक्रिया तत्काल अघि बढाउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गर्न समेत माग गरिएको छ ।
    ्
    भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको आचरण, भीड व्यवस्थापन, आदेश प्रणाली, मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रताको प्रत्याभूति सम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गर्न समेत माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images