images
images
  • इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

    काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेको छ ।

    इजरायली रक्षामन्त्री इजरायल कट्जले लारिजानी मारिएको दाबी गरेका हुन् ।

    यसबारे इरानी पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

    सन् १९५८ मा इराकको नजफमा जन्मिएका लारिजानी इरानको राजनीतिमा सन्तुलित र व्यावहारिक नेताका रूपमा चिनिन्थे ।

    उनलाई इरानको शक्तिशाली परिवारको सदस्य मानिन्छ ।

    लारिजानीले गणित र कम्प्युटर विज्ञानमा स्नातक गरेपछि इमानुएल कान्टको दर्शनमा विद्यावारिधि गरेका थिए ।

    सन् १९७९ को क्रान्तिपछि उनी इरानी रिभल्युसनरी गार्ड कोर आईआरजीसीमा आबद्ध थिए ।

    पछि उनले संस्कृतिमन्त्री तथा सरकारी सञ्चारमाध्यमको प्रमुखका रूपमा काम गरे ।

    सन् २००५ मा उनी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव र इरानको मुख्य परमाणु वार्ताकार बनेका थिए ।

    त्यसपछि उनी लगातार तीन कार्यकालसम्म इरानको संसदको सभामुख रहे ।

    सन् २०१५ को परमाणु सम्झौता कार्यान्वयनमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

    अमेरिका र इजरायलसँगको बढ्दो तनावका बीच उनी इरानको रणनीतिक योजनाकारका रूपमा सक्रिय थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images