images
images
  • एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइनमार्फत उपलब्ध

    काठमाडौं– एनआईसी एशिया बैंकले आफ्ना बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्तिहरूका साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउने उद्देश्यले विशेष अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको विस्तृत जानकारी जस्तै कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत लोकेशन सहजै प्राप्त गर्न सकिन्छ ।

    लिलाम सूचना प्रकाशित हुँदा दिइएको क्युआर कोड स्क्यान गरेर वा सिधै https://auctionassistance.nicasiabank.com मा प्रवेश गरी ग्राहकहरूले आवश्यक विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ ।

    यसका साथै, इच्छुक खरिदकर्ताले आफूलाई चासो लागेको सम्पत्तिबारे थप जानकारी लिनका लागि पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सिधै बैंकसँग सम्पर्क गर्न सक्ने सुविधा पनि उपलब्ध छ ।

    बैंकका अनुसार उक्त पोर्टलमा लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरू तथा सम्बन्धित अन्य सूचनाहरू नियमित रूपमा अद्यावधिक गरिनेछ ।

    यसले सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकहरूलाई सहज, पारदर्शी र व्यवस्थित जानकारी उपलब्ध गराउने विश्वास बैंकले लिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति :

    PR on NIC ASIA Auction Portal pdf page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images