images
images
  • जुम्ली सांसद ज्ञानेन्द्र शाही राप्रपा संसदीय दलको नेता

    काठमाडौं– ५ सिटमा खुम्चिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन हुने लगभग निश्चित भएको छ ।

    जुम्लाबाट प्रत्यक्ष निर्वाचित एक्ला उम्मेदवार भएका कारण उनी निर्विवाद नेताका रूपमा अगाडि आएका हुन् ।

    यसपटक राप्रपाले अघिल्लो निर्वाचनको १४ सिटबाट घटेर ५ सिटमा सीमित हुनुपरेको छ ।

    प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ सिट जित्दै पार्टी छैटौं स्थानमा झरेको छ ।

    शाहीको जितले भने राप्रपाको राष्ट्रिय दलको हैसियत जोगिएको छ ।

    संवैधानिक प्रावधानअनुसार प्रत्यक्षमा कम्तीमा एक सिट आवश्यक हुने भएकाले उनको विजय निर्णायक बनेको हो ।

    समानुपातिकतर्फ खुस्बु ओली, सरस्वती लामा, भरत गिरी र ताहिर अली निर्वाचित भएका छन् ।

    नयाँ अनुहारसहित राप्रपाले सानो आकार भए पनि संसदमा सशक्त उपस्थिति जनाउने दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images