images
images
  • यी हुन् म्यादी प्रधानमन्त्री सुशीला कार्कीका १४ कर्तुत

    काठमाडौं– गत भदौै २३/२४ को जेनजी आन्दोलन पश्चात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएको थियो ।

    सरकार अपदस्त भएको ३ दिनपछि अर्थात् भर्दौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनेको थियो ।

    सुशासन, सामाजिक सञ्जाल प्रतिबन्द फुकुवा लगायतका माग राखेर भएको उक्त आन्दोलनको जगमा बनेको कार्की नेतृत्वको सरकारले नै कुशासन गरेको प्रष्ट देखिन्छ ।

    किनकि ६ महिनामा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रशासनिक कार्यशैली, भ्रष्टाचार छानबिन, र निर्णय कार्यान्वयनमा ढिलाइले व्यापक आलोचना उत्पन्न गरेको छ ।

    विभिन्न सरकारी निकाय र निर्णयहरूमा देखिएका विवादहरूले प्रधानमन्त्री तथा सरकारी अफिसको जिम्मेवारीप्रति प्रश्न उठाएको छ ।

    १. जेनजी प्रतिवेदन अलपत्र : सम्बन्धित प्रतिवेदन बुझ्नमा ढिलाइ, कार्यान्वयनमा बेवास्ता ।

    २. भ्रष्टाचार छानबिनमा ढिलाइ : कार्यान्वयनमै भ्रष्टाचार छानबिनको एजेन्डा नआएको आलोचना ।

    ३. सिंहदरबारदेखि सर्वोच्चसम्म उन्मुक्ति : जिम्मेवार व्यक्तिहरूलाई कारबाहीबाट वञ्चित ।

    ४. पशुपति क्षेत्र विकास कोष विवाद : विवादित नियुक्तिहरूले प्रशासनिक विश्वास संकटमा ।

    ५. महान्यायाधिवक्ताको मौनता : डिम्ब काण्डदेखि फौजदारी अभियोग फिर्तासम्म सुनुवाइमा चुप्पी ।

    ६. प्रहरी अनियमितता : ठेक्का वितरणदेखि निर्वाचन प्रहरी पोसाक खरिदसम्म अनियमिततामा मौन ।

    ७. कूटनीतिक संकट : ११ देशका राजदूत फिर्ता, संयमविपरित कदम ।

    ८. भूमि समस्या आयोग खारेज : विवादित भूमिसम्बन्धी समाधान निकायको विघटन ।

    ९. विद्युत् प्राधिकरण प्रमुख सरुवा विवाद : उच्च पदस्थ सरुवामा विवाद ।

    १०. प्रधानमन्त्री सचिवालयको भर्ती : आफन्त केन्द्रित नियुक्ति ।

    ११. सम्पत्ति विवरण लुकाइँ : सार्वजनिक नगरी बिदा ।

    १२. कर्मचारी सरुवामा मापदण्डको उल्लंघन : कर्मचारी सरुवामा पारदर्शिता अभाव ।

    १३. युरो–३ मापदण्डमा सीमित व्यापारी संरक्षण : व्यापार नीतिमा पक्षपात ।

    १४. डोल्मा कर छुट विवाद : स्वार्थमा दिइएको कर छुट, अदालतबाट रोक ।

    विशेषज्ञहरूका अनुसार यस्ता घटनाले प्रशासनिक पारदर्शिता, निर्णय कार्यान्वयन क्षमता र जनविश्वासलाई कमजोर पार्न सक्छ ।

    नागरिक समाजले सरकारको जवाफदेहिता र भ्रष्टाचार रोकथाममा ढिलाइप्रति चिन्ता व्यक्त गरेको छ ।

    सरकारी पक्षले भने विवाद र आलोचनासँग सम्बन्धित कुनै आधिकारिक टिप्पणी सार्वजनिक गरेको छैन ।

    यसबीच, विभिन्न राजनीतिक विश्लेषकहरूले कार्यशैली सुधार, निगरानी बलियो बनाउने र भ्रष्टाचार छानबिन सुनिश्चित गर्ने कदम उठाउन सरकारलाई सुझाव दिइरहेका छन्

    ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images