images
images
  • इजरायली प्रधानमन्त्री नेतान्याहुलाई खोजी–खोजी हत्या गर्ने इरानी रेभोलुसनरी गार्डको धम्की

    काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिननेतान्याहु अहिले अनौठो संकटमा छन् ।

    उनी जीवित मात्र नभई एआई ‘डीपफेक’ वा क्लोन नभएको प्रमाणित गर्नै पर्ने स्थिति आएको छ ।

    यो विवाद नेतान्याहुले शुक्रबार दिएको भिडिओपछि सुरु भएको हो, जसमा उनका दाहिने हातमा ६ औँला देखिएको भन्दै सामाजिक सञ्जालमा उनी मृत भएको र भिडिओ एआईले बनाएको हो भन्ने अड्कलबाजी फैलियो ।

    इरानी क्षेप्यास्त्र हमलामा उनकी मृत्यु भएको हल्लाले अझै चर्चा पाए ।

    नेतन्याहूले आइतबार जेरुसेलम बाहिरको कफी शपमा खिचिएको भिडिओ सार्वजनिक गर्दै आफ्नो जीवित रहनु र वास्तविकता प्रमाणित गरे ।

    उनले आफ्ना दुवै हात देखाउँदै ठट्टा गर्दै भने, ‘के तपाईं मेरो औँला गन्न चाहनुहुन्छ ? यहाँ पनि । निकै राम्रो ।’ उनले समर्थकहरूलाई सुरक्षित रहन आग्रह गर्दै इरानलाई सन्देश दिए ।

    तर एलन मस्कको एआई च्याटबट ग्रोकले भिडिओलाई ‘डिपफेक’ हुन सक्ने भन्दै फ्ल्याग गर्यो, जसले विरोधीहरूलाई थप अवसर दियो ।

    यद्यपि पोलिटिफ्याक्ट र स्नोप्सले ६ औँलाको दाबी खारेज गरिसकेका छन्, विशेषज्ञहरूले ४० मिनेट लामो भिडिओ हालको एआई क्षमताले बनाउने कठिनाई औँल्याएका छन् ।

    सोमबार नेतन्याहूले पहाडी पृष्ठभूमिमा नयाँ भिडिओ जारी गर्दै आफू वास्तविक र जीवित भएको पुष्टि गरे ।

    यस घटनाले डिजिटल युगमा सूचना विश्वसनीयतामाथिको चुनौती देखाएको छ ।

    इजरायली प्रधानमन्त्रीको कार्यालयले सबै हल्ला गलत भएको र उनी पूर्ण रूपमा स्वस्थ रहेको स्पष्ट पारेको छ ।

    इरानी रेभोलुसनरी गार्ड (आइआरजी)ले जीवित रहेको पाइए खोजी–खोजी मारिलिने धम्की दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images