images
images
  • को–को हुन् रास्वपाका नवनिर्वाचित सांसदहरूलाई तालिम दिने विज्ञ ? (नामावलीसहित)

    ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ललितपुरमा सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

    कार्यक्रममा संसदीय भूमिका, कानून निर्माण, सुशासन र राजनीतिक संस्कार विकाससम्बन्धी विषयमा छलफल गरिन् छ।

    उद्घाटनमा उपसभापति डा. स्वर्णिम वाग्लेले संबोधन गर्नेछन् भने उपसभापति डोलप्रसाद अर्यालले नेतृत्व र चुनावी अनुभवबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

    कार्यक्रमको उद्देश्य र महत्व डा. अरविन्द पौडेलले बताउनेछन् ।

    पूर्वसचिव सुरेश अधिकारी संसद् संरचना, सांसदको अधिकार–जिम्मेवारी र कानून निर्माण प्रक्रियाबारे प्रशिक्षण दिनेछन् ।

    डा. दोमन राईले कृत्रिम बुद्धिमत्ता र लोकतन्त्रमा यसको प्रभावबारे प्रस्तुति दिनेछन् ।

    संसदीय अनुभव सत्रमा अशोक चौधरी, शिशिर खनाल, डा. तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनीष झा र विराज भक्त श्रेष्ठले अनुभव बाँड्नेछन् ।

    भोलि माइन्डफुलनेस सत्र एल.पी. भानु शर्मा सञ्चालन गर्नेछन् ।

    पूर्वसचिव डा. तोयनारायण ज्ञवालीले सरकार सञ्चालन र बजेट निर्माणबारे, प्रताप कुमार पाठकले सुशासनबारे प्रस्तुति दिनेछन् ।

    अन्तिम सत्रमा सभापति रवि लामिछानेले पार्टी रणनीति र नीतिगत प्राथमिकताबारे समापन मन्तव्य दिनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images