images
images
  • तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध दायर गरिएको रिट खारेज

    काठमाडौं– २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूले निर्वाचन खर्च विवरण बुझाउन नसकेकोमा लगाइने जरिवाना रकममा छुट दिने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले ३ वर्षपछि उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो ।

    अधिवक्ता सविन पोखरेलले तत्कालीन राष्ट्रपति भण्डारीको निर्णयविरुद्ध २०७९ फागुन १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    निर्वाचन आयोगले कानून अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर पनि खर्च विवरण बुझाउन असफल हुनेमा जरिवाना तोकेको थियो ।

    त्यसअनुसार, देशभरका १ लाख २३ हजार ६२४ उम्मेदवारबाट कुल २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना असुल गर्ने निर्णय आयोगले गरेका थिए ।

    तर, मन्त्रिपरिषद्को सिफारिसपछि तत्कालीन राष्ट्रपति भण्डारीले २०७९ फागुन ५ मा ती जरिवाना माफ गरिदिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images