images
images
  • अचाक्ली महँगीएको सुन–चाँदीकोे भाउ फेरि आकाशियो, प्रतितोला कतिमा हुँदैछ किनबेच (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ ।

    सुन तोलामा रु चार सय र चाँदी रु ७० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ३३५ निर्धारण भएको छ ।

    हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो ।

    गत आइतवार एक तोला सुन रु तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images