काठमाडौं– बगदादमा रहेको अमेरिकी दूतावास लक्षित गर्दै ड्रोन र रकेट आक्रमण भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो आक्रमण पछिल्लो समयकै तीव्रमध्ये एक हो ।
आक्रमणअघि नै दूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई सुरक्षा चेतावनी जारी गरेको थियो ।
इरान–सम्बद्ध मिलिशियाहरूले बगदादको अन्तर्राष्ट्रिय क्षेत्रमा बारम्बार आक्रमण गरिरहेको चेतावनीमा उल्लेख थियो ।
घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन ।
इरान–इजरायल–अमेरिका तनाव बढिरहेका बेला इरान समर्थित समूहहरूले अमेरिकी हितमाथि आक्रमण बढाएको आशंका गरिएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै इराकी सुरक्षा बलहरू उच्च सतर्कतामा परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















