images
images
  • अफगानिस्तानको अस्पतालमा हवाई आक्रमण : ४०० को मृत्यु, २५० घाइते

    काबुल– राजधानी काबुलस्थित लागूपदार्थ प्रयोगकर्ताहरूको अस्पतालमा भएको भनिएको हवाई आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु र करिब २५० जना घाइते भएको अफगान अधिकारीहरूले जनाएका छन् ।

    तर, पाकिस्तानले भने हवाई आक्रमणअस्पताल लक्षित आक्रमणको आरोप अस्वीकार गरेको छ ।

    अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फिटरतका अनुसार राति भएको आक्रमणले अस्पतालको ठूलो भाग ध्वस्त भएको छ ।

    उद्धारकर्मीहरूले घाइतेलाई बाहिर निकाल्ने र आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

    यसअघि सीमा क्षेत्रमा भएको झडपमा ४ जनाको मृत्यु भएको थियो ।

    दुवै देशबीच तनाव बढ्दै गएको छ ।

    सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको कडा निन्दा गरेका छन् भने संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई आतंकवादविरुद्ध थप सक्रिय हुन आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images