काठमाडौं- भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो ।
राष्ट्रपतिले गत २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनकै सिफारिसमा प्रतिनिधिसभा भंग भई निर्वाचनको घोषणा भएको थियो ।
यही सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव सफलतापूर्वक सम्पन्न गराएर चौतर्फी तार्रीफ बटुलेको थियो । तर कार्की सरकारको विवाद भने कम छैनन् । उनले प्रधानमन्त्री कार्कीले नेतृत्व गरेको ६ महिना हुँदा विभिन्न विवादमा तानिएको छ ।
यी हुन् ६ महिनामा १४ विवाद
१. जेनजी प्रतिवेदन बुझ्नै आलटाल, बुझे पनि कार्यान्वयनमा बेवास्ता
२. कार्यान्वयनमै आएन भ्रष्टाचार छानबिनको एजेन्डा
३. सिंहदरबारदेखि सर्वोच्चसम्म जलाउनेलाई उन्मुक्ति
४. पशुपति क्षेत्र विकास कोषमा विवादित नियुक्ति
५. महान्यायाधिवक्ता डिम्ब काण्डदेखि फौजदारी अभियोग फिर्तासम्ममा मौन
६. प्रहरीको ठेक्कादेखि निर्वाचन प्रहरी पोसाक खरीदसम्मको अनियमिततामा मौन
७. कूटनीतिक संयमविपरित ११ देशका राजदूत फिर्ता
८. भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
९. नेपाल विद्युत् प्राधिकरणका प्रमुखको सरुवा विवाद
१०. प्रधानमन्त्री सचिवालयलाई आफन्त भर्ती केन्द्र
११. सम्पत्ति विवरण नै सार्वजनिक नगरी बिदा
१२. कर्मचारी सरुवामा मापदण्डको धज्जी
१३. सीमित व्यापारी पोस्न युरो–३ मापदण्ड
१४. स्वार्थमा डोल्मालाई कर छुट, अदालतबाट रोक























