images
images
  • रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दा फिर्ताविरुद्धको रिट स्थगित, अब कहिले ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्ध दायर रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

    सर्वोच्च अदालतले यो मुद्दाको सुनुवाइ भोलि गर्ने तय गरेको छ ।

    महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाउन र अन्य दुई मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

    यो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images