images
images
  • काठमाडौंमा हुन्डी र डिजिटल मुद्राको अवैध कारोबार : २ जना पक्राउ

    काठमाडौं– नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको अवैध कारोबारमा संलग्न २ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ।

    पक्राउ परेकाहरु

    सागर गिरी, २८, नागार्जुन–८

    प्रमोद प्रसाद धिताल, २८, नागार्जुन–८

    बरामद सामग्री

    विभिन्न बैंक र व्यक्तिको नाममा २७ लाख ३० हजार रुपैयाँको चेक

    विभिन्न व्यक्तिका एटीएम र नागरिकता

    २ चारपाङ्ग्रे र १ दुईपाङ्ग्रे सवारी, सवारी दर्ता किताब ३ थान

    ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ कम्प्युटर

    जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप ५ दिन म्याद दिएको छ। प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images