images
images
  • माधब नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो: शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैं सम्मिलित भएर गठित कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् ।

    नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदल सदस्य समेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

    पोखरेलले फेसबुकमा लेखेका छन्, ‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’

    नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको नेपाल प्रेसले यसअघि नै खुलासा गरिसकेको थियो । नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर भएको निर्णयमात्र आधिकारिक हुने गरी दोस्रो अध्यक्षसहितका केही सर्त राखेका छन् ।

    आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए । १० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव नेपालले अश्वीकार गरेको भेटपछि अर्का एक नेताले बताए । कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले १० बुँदेका आधारमा पार्टीमा एकता कायम गर्ने प्रयास जारी रहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images