काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू इरानको आक्रमणमा मारिएको हल्ला फैलिएपछि उनका सोसल मिडिया अकाउन्टमा कफी पिउँदै गरेको एउटा भिडिओ सार्वजनिक भएको छ ।
यस भिडिओलाई एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरेर बनाइएको भएको दाबीसमेत गरिएको छ ।
तर, दिल्लीस्थित इजरायली राजदूत रुवेन अजारले भने भिडिओ वास्तविक भएको पुष्टि गर्दै आफूले जेरुसलममा कतिपय अवस्थामा नेतान्याहूलाई यस्तै अवस्थामा देखेको बताएका छन् ।
यसैबीच, इरानी सेनाले वक्तव्य जारी गर्दै भनेका छन् कि यदि नेतान्याहू जीवित छन् भने उनलाई खोजेर मार्ने योजना रहेको छ ।
इरानको दाबी अनुसार, नेतान्याहूले सयौँ बच्चाहरूको हत्या गरेका कारण उनी जीवित रहनुहुँदैन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















