images
images
  • गगनले बनाए आफ्नै ससुरा, नेताकी श्रीमती, भाञ्जी र पूर्वराष्ट्रपतिका छोरालाई समानुपातिक सांसद

    काठमाडौं– नेपाली कांग्रेसले समानुपातिक सांसदका लागि सिफारिस गरेको सूचीमा नेताका परिवार र आफन्तहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

    पार्टीले पाएको २० सिटमध्ये धेरै स्थानमा नातेदार र पुराना नेताहरू समेटिएका छन् ।

    खासगरी खसआर्य कोटाबाट सिफारिस भएका अर्जुननरसिंह केसी सभापति गगन थापाका ससुरा हुन् ।

    उनी पटक–पटक मन्त्री र सांसद भइसकेका नेता हुन् ।

    यस्तै, मधेसी कोटाबाट सिफारिस भएका डा. चन्द्रमोहन यादव पूर्वराष्ट्रपति रामवरण यादव का छोरा हुन् ।

    त्यसैगरी, रीना उप्रेती (बलबहादुर केसीकी श्रीमती) र नीनु कर्ण (विमलेन्द्र निधिकी भाञ्जी) पनि सूचीमा परेका छन् ।

    सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा वंशवाद र अवसरको असमान वितरणबारे आलोचना बढेको छ ।

    यद्यपि, केही नामबारे फैलिएका दाबी भने गलत रहेको स्पष्ट गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images