काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउत ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
उनले पदको राजनीतिबाट टाढा रहने तर जनताको हक–अधिकारका लागि संघर्ष जारी राख्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफू राजनीतिबाट अलग नभई सिद्धान्त र एजेण्डामा अडिग रहँदै सक्रिय रहने स्पष्ट पारेका छन् ।
साथै, जनमत पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
२०७९ को निर्वाचनबाट उदाएको जनमत पार्टी यसपटक भने कमजोर बनेको छ ।
सीके राउत स्वयं सप्तरी–२ बाट पराजित भएका छन् भने पार्टीले प्रतिनिधित्वसमेत गुमाएको छ ।
राउतले आफू व्यक्तिगत इच्छाविपरीत पार्टी अध्यक्ष बनेको र निर्वाचन लड्नुपरेको खुलासा गर्दै अब संगठन सुदृढीकरणमा केन्द्रित हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























