images
images
  • ह्वात्तै बढ्यो पेट्रोल र डिजल-मट्टीतेलको मूल्य, कति पुग्यो ?

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

    वृद्धि भएको मूल्य आज राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ ।

    निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल-मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

    दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।

    त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल-मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    निगमतले अमेरिका-इजरायल-इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।

    nigam 2 scaled 1

    nigam 1 scaled 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images