images
images
  • रास्वपाले महिला सहभागिता ३३ प्रतिशतमै सीमित बनायो, समानुपातिकमा नौ पुरुष

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पुरुषमा नौ जना उम्मेदवारलाई सांसद निर्वाचित गराउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ।

    आइतबार बसेको पार्टीको बैठकले ५७ जना सांसदको सिफारिस गर्दा नौ जना पुरुष परेका छन्।

    आयोगले संघीय संसद्‌मा ३३ प्रतिशत महिला पुर्‍याउनैपर्ने कानुनबमोजिम समानुपातिकका ५७ सीटमा ४७ जना महिला अनिवार्य निर्वाचित गर्न भनेको थियो।

    रास्वपाले महिला सहभागिता ३३ प्रतिशतमै सीमित गर्दै नौ जना पुरुषहरूलाई सांसद बनाएको हो।

    रास्वपाबाट पुरुषतर्फ खसआर्यमा रमेश प्रसाईं, दलितमा प्रकाशचन्द्र परियार, जनजातिमा राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा, मधेसीमा पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण, थारुतर्फ सुरेन्द्र चौधरी र प्रेमलाल चौधरीको नाम सिफारिस भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images