काठमाडौं- पाल्पा प्रहरीले जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुसम सिंह ठकुरीका अनुसार, पाल्पा जिल्ला अदालतको २०८१ मंसिर १७ गतेको फैसलाले ८ महिना ३ दिन कैद सजाय तोकेका तानसेन नगरपालिका–७ निवासी ६७ वर्षीय बुद्धिराज नेपालीलाई पक्राउ गरिएको हो ।
प्रहरीले खोजतलास गर्ने क्रममा नेपालीलाई आज दिउँसो तानसेन नगरपालिका-७ स्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीलाई आवश्यक कारबाहीका लागि पाल्पा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























