काठमाडौं- कञ्चनपुरमा कुकुरको टोकाइबाट १६ जना घाइते भएका छन् ।
भीमदत्त नगरपालिका-४ को महेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानमा आइतबार कुकुरले टोकेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कुकुरको टोकाइबाट घाइते भएका सबैको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचार भइरहेको छ ।
अस्पतालकाअनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ भने आवश्यक उपचार भइरहेको छ ।
घाइते हुनेमा भीमदत्त नगरपालिका-३ का २१ वर्षीय अविनाश बिष्ट, भीमदत्त-१८ का २० वर्षीय रोशन भट्ट, भीमदत्त-४ का ४५ वर्षीय जहिद मुस्लिम, बेदकोट नगरपालिका-३ की २१ वर्षीया मानमति जोशी, भीमदत्त-४ का ४० वर्षीय दिव्य सागर, भीमदत्त-१८ की १७ वर्षीया नन्दा सिंह, भीमदत्त-१८ का ३० वर्षीय किशोर बिष्ट रहेका छन् ।
यस्तै, भीमदत्त-८ का ३२ वर्षीय निराजन चौधरी, भीमदत्त-१८ की १८ वर्षीया सृजना बिष्ट, भीमदत्त-४ का ६८ वर्षीय दुर्गादत्त पन्त, भीमदत्त-१८ का २२ वर्षीय पिरन्जल भट्ट, बैतडी सुर्नया गाउँपालिका-४ की २८ वर्षीया बेलु विक, शुक्लाफाँटा नगरपालिका-११ की २० वर्षीया शर्मिला ऐरी पनि घाइते छन् ।
कुकुरको टोकाइबाट भीमदत्त-१८ की २८ वर्षीया लक्ष्मी नेपाली, बेदकोट नगरपालिका-१० की २६ वर्षीया खगेश्वरी जाग्री र भीमदत्त-१८ का २५ वर्षीय चन्द्रादत्त भट्ट भएका छन् ।
कुकुरले अधिकांशलाई खुट्टामा टोकेको प्रहरीले जनाएको छ ।
घटनापछि कुकुरलाई नियन्त्रणमा लिएर उपचारका लागि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रमा बुझाइएको छ ।


विश्व खबर 



















