images
images
  • माउन्टेन ड्युको Peaks of Courage अभियानलाई स्पाइक्स एसियामा ४ अवार्ड

    काठमाडौं– Mountain Dew नेपालको “Peaks of Courage” अभियानले Spikes Asia Awards मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल चार अवार्ड जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले यस्तो उपलब्धि हासिल गरेको यो पहिलो पटक मानिन्छ।

    सगरमाथाभन्दा बाहिर रहेका नेपालका कम चर्चित हिमाल र तिनसँग जोडिएका साहसिक कथालाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो। कथावाचन, डिजिटल संलग्नता र इमर्सिभ ब्रान्ड अनुभवको संयोजनमार्फत नेपालको हिमाली पहिचानलाई नयाँ ढंगले प्रस्तुत गरिएको थियो।

    अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’ का रूपमा Digitalin संलग्न थियो। नेपालमा यसको प्रभावकारी कार्यान्वयन र दर्शकसँगको संलग्नता बढाउन कम्पनीले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

    डिजिटलइनका संस्थापक तथा कार्यकारी निर्देशक Umang Shakya ले यो उपलब्धि नेपाली रचनात्मक उद्योगकै लागि गौरवको क्षण भएको बताए। उनका अनुसार स्पाइक्स एसियाजस्तो प्रतिष्ठित मञ्चमा नेपाली अभियानले उच्च मान्यता पाउनु विज्ञापन क्षेत्रका लागि महत्वपूर्ण कोसेढुंगा हो।

    प्राप्त अवार्डहरू:

    ग्रान्ड प्रिक्स – एक्टिभेसन

    सिल्भर – इनोभेसन

    ब्रोन्ज – क्रिएटिभ डेटा

    ब्रोन्ज – ब्रान्ड एक्सपिरियन्स

    यो सफलताले स्थानीय संस्कृति र मौलिक कथामा आधारित नेपाली सिर्जनशीलताले विश्वस्तरमा पनि मान्यता पाउन सक्ने सम्भावना देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images