images
images
  • गगनविरुद्ध देउवाले दायर गरेको रिट हेर्न भ्याइएन, अब कहिले ?

    काठमाडौं– सर्वोच्च अदालतमा कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाविरुद्ध शेरबहादुर देउवाले दायर गरेको रिट आज आइतबार हेर्न भ्याइएको छैन ।

    न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा पेशी तोकिए पनि हेर्न नसकिने भएको हो ।

    इजलासको अन्तिम (२२औँ) नम्बरमा पेशी राखिएको थियो ।

    सोही इजलासमा धनुषा–१ का सांसद किसोरी साहले निर्वाचन आयोगविरुद्ध दिएको रिट सुनुवाइ भइरहेको छ ।

    माघ २ गते निर्वाचन आयोगले गगन थापालाई सभापतिमा मान्यता दिएपछि देउवाले माघ ४ गते सर्वोच्चमा निवेदन दिएका थिए ।

    माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो ।

    तर अन्तरिम आदेश नदिएपछि गगन थापाले सांसदको टिकट वितरण गरेका थिए ।

    यसबीच, सर्वोच्चमा पेसी तोकिएको आइतबार नै कांग्रेस केन्द्रीय कमिटीको बैठक थापाको अध्यक्षतामा सानेपामा बसिरहेको थियो ।

    अघिल्ला रिट दायर नेता पनि थापाको हस्ताक्षरमा टिकट लिएर निर्वाचनमा भाग लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images