images
images
  • हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिले सार्वजनिक गर्‍यो समानुपातिक सांसदहरूको नामावली (सूचीसहित)

    काठमाडौं– श्रम संस्कृति पार्टीले आज (२०८२/१२/०१) आफ्नो समानुपातिक प्रणाली अन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार, यस वर्षको समानुपातिक उम्मेदवार सूचीमा कुल चार जना रहेका छन्, जसमा एक पुरुष र तीन महिला छन् ।

    समानुपातिक उम्मेदवारको सूची :

    आदिवासी जनजाति: पूर्ण प्रसाद लिम्बु (पुरुष)

    खस आर्य: अम्बिका देवी सङ्ग्रौला (महिला)

    दलित: राधिका रम्तेल (महिला)

    मधेसी: रुवी कुमारी ठाकुर (महिला)

    पार्टीले उम्मेदवारहरूको छनोट आफ्नो विधान, योग्यता तथा क्षमताको आधारमा गरेको जनाएको छ ।

    सूची सम्बन्धित निर्वाचन निकायमा पठाइसकिएको छ र अब औपचारिक प्रक्रिया अनुसार दर्ता हुनेछ ।

    सत्य घले गुरुङले भने, “पार्टीको निर्णयअनुसार समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको हो र यसले पार्टीको प्रतिनिधित्वमा विविधता सुनिश्चित गर्नेछ ।”

    श्रम संस्कृति पार्टीको समानुपातिक उम्मेदवार सूचीमा महिलाको बढी प्रतिनिधित्व र विभिन्न जातीय समुदायको समावेशीकरणले आगामी चुनावमा पार्टीको दृष्टिकोणलाई झल्काउने विश्वास व्यक्त गरिएको छ ।

    harka samaupatik

    प्रतिक्रिया दिनुहोस्
    images
    images