images
images
  • रास्वपाले टुंग्यायो समानुपातिक ५७ सांसदको नाम

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक प्रणालीबाट संसदमा जाने ५७ सांसदको प्रारम्भिक नामावली टुंगो लगाएको छ ।

    पार्टीको सचिवालयले आज बसेको बैठकमा ४८ महिला र ९ पुरुषको नाम फाइनल गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार चयन भएका उम्मेदवारमा खासआर्य १७, आदिवासी–जनजाती १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम ३ जना छन् ।

    प्रवक्ता झाले बताए अनुसार, यो नामावली आजै निर्वाचन आयोगमा बुझाइनेछ ।

    तर कुन क्लस्टरबाट को–को चयन भए भन्ने विवरण पार्टीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

    निर्वाचन आयोगले नामावली अनुमोदन गरेपछि मात्र सूची सार्वजनिक गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images