काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्नैपर्ने बताएका छन् ।
उनले इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेइको स्वास्थ्यबारे शंका व्यक्त गर्दै यदि उनी जीवित छन् भने देशका लागि ‘स्मार्ट निर्णय’ आत्मसमर्पण हुने बताए ।
एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले भने, ‘मैले सुनेको छु उनी जीवित छैनन् । यदी जीवित छन् भने उनीले देशको लागि केही बुद्धिमानी गर्नुपर्छ, र त्यो आत्मसमर्पण नै हो ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले खामेनेइ जीवित छन् कि छैनन् भन्ने विषयमा अहिलेसम्म निश्चित जानकारी नभएको पनि बताए ।
‘अहिलेसम्म कसैले उनलाई देखेको छैन, त्यसैले म निश्चित छैन,’ उनले भने ।
ट्रम्पले इरानसँगको सम्भावित वार्ताबारे पनि आफ्नो दृष्टिकोण स्पष्ट पारे ।
‘इरान सम्झौता गर्न चाहन्छ, तर म चाहन्न किनभने प्रस्तावित शर्तहरू पर्याप्त राम्रो छैनन्,’ उनले भने ।


विश्व खबर 


















