images
images
  • एमाले अध्यक्ष ओलीले अध्यक्ष पद त्याग्न मानेनन्, गगनले सभापतिबाट राजीनामा देलान् ?

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरूको लज्जास्पद पराजय भए पनि पार्टी नेतृत्व र संरचनामा अहिलेसम्म कुनै परिवर्तन हुने देखिँदैन ।

    प्रत्यक्षतर्फ सिंगल डिजिटको जितमा सीमित भएपछि पार्टीभित्र ओली र अन्य पदाधिकारीको राजीनामा माग उठ्दै आएको छ ।

    महाधिवेशनमा महासचिवमा पराजित सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले नेतृत्व फेरबदलको विषय उठाएका छन् ।

    तर, ओली भने कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् र केन्द्रीय कमिटी बैठक डाकेर हारको समीक्षा र प्रस्तावलाई निर्णयार्थ पेस गर्ने तयारीमा छन् ।

    अहिले ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ओलीको पक्षमा २४० भन्दा बढी सदस्य रहेको बताइन्छ ।

    ओलीसँग असन्तुष्ट समूह भने निर्वाचनले नीति र नेतृत्व अस्वीकृत भएको भन्दै राजीनामा माग गर्दै आएको छ ।

    उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा जनमतलाई सम्मान गर्दै सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

    उनले नीति त्रुटि र तहगत नेतृत्व सबैको जिम्मेवारी रहेको पनि बताए ।

    एमाले २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट जितेको थियो भने २०८२ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिटसहित २५ सिटमा सीमित भएर तेस्रो दलमा झरेको छ ।

    जनमतमा घट्दो लोकप्रियता परिणामले देखाउँछ ।

    निर्वाचनपछि ओलीले हार स्वीकार गर्दै ‘अपेक्षित परिणाम प्राप्त नभएको’ र लोकतन्त्रमा जनताको फैसला अन्तिम हुने भन्दै त्यसलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले समर्थक, कार्यकर्ता र शुभेच्छुकलाई धन्यवाद दिएका छन् र जनताप्रति सेवा भावमा कुनै कमजोरी नआउने स्पष्ट पारेका छन् ।

    त्यस्तै कांग्रेसको लज्जास्पद हार भएपछि सभापति गगन थापामाथि पनि राजीनाको बहस सुरु भएको छ । तर, यसबारे गगनले मुख खोलेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images