images
images
  • रास्वपाकै कारण नयाँ सरकार गठनमा ढिलाइ : अझैँ १० दिन लाग्ने, म्यादी सरकारको आयु लम्बाउने ध्याउन्न

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज समानुपातिक सांसद बन्ने उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले सरकार गठनमा करिब १० दिन जति समय लाग्न सक्ने जानकारी दिएका छन् ।

    उनीहरूले बताएअनुसार, पार्टीको बैठकमा समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाउने र अन्य विविध विषयमा छलफल हुने छ ।

    मनिष झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक सूची बुझाउने भएकाले आज यसलाई टुंग्याउनेछौं ।’

    सरकार गठनको विषयमा उनले थपे, ‘सर्वोच्च प्रक्रियाका कारण नयाँ सरकार बन्न केही समय लाग्नेछ ।’

    संसद् सचिवालय, निर्वाचन आयोग र राष्ट्रपति कार्यालयको प्रक्रिया बाँकी छ ।

    प्रमाणपत्र वितरणपछि मात्रै कार्य प्रारम्भ हुनेछ ।

    यी सबै प्रक्रियाका कारण हामी अनुमान अनुसार करिब १० दिन लाग्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images