images
images
  • गगनले जबर्जस्ती कांग्रेस कब्जा गरेपछि परेको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं– नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि पेसी तोकिएको छ ।

    निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिट न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि राखिएको हो ।

    उक्त मुद्दाको पेसी क्रम संख्या २२ मा तोकिएको छ ।

    गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद उत्पन्न भएको थियो ।

    तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर गर्न र नयाँ निर्वाचित कार्यसमितिलाई अवैधानिक घोषणा गरी भंग गर्न माग गरिएको छ ।

    देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै उक्त प्रक्रिया अस्वीकार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images