काठमाडौं । रवि लामिछाने विरुद्ध दायर गरिएको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय सरंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा हुने तय भएको छ ।
महान्यायाधिवक्ता सविता भणडरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप हटाएर सहकारी ठगीमा मात्र मुद्दा चलाउन निर्देशन दिएकी थिइन् ।
सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
महान्यायाधिवक्ताको निर्देशनपछि कास्की र रुपन्देहीमा अभियोगपत्र संशोधनका लागि निवेदन दिइए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले त्यसमा सुनुवाइ हुन सकेको छैन ।
काठमाडौं र पर्सामा भने अभियोगपत्र संशोधनका लागि अझै निवेदन दिइएको छैन ।
नयाँ सरकारको मुखैमा लामिछानेको मुद्दा फिर्ताको मुद्दाले रास्वपाभित्र संशय पैदा परेको छ ।
उनको मुद्दा फिर्ता भएको खण्ठमा बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाले चलखेल गर्ने शंका उत्पन्न भएको छ ।























