काठमाडौं– Iran ले मध्यपूर्वमा रहेका United States का सैन्य अखडामाथि आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई क्षेत्रका १४ देश छाड्न आग्रह गरेको छ।
यसअघि Baghdad स्थित अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र खसेपछि अमेरिकाले आफ्ना नागरिकलाई Iraq तत्काल छाड्न चेतावनी दिएको थियो।
दूतावासले इरान समर्थित मिलिसिया समूहबाट गम्भीर खतरा रहेको भन्दै इराकमा बस्ने निर्णय पुनर्विचार गर्न नागरिकलाई आग्रह गरेको छ।
Reuters का अनुसार अमेरिकाले Oman बाट गैर-आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई पनि बाहिरिन आदेश दिएको छ।
यसैबीच Switzerland ले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अमेरिकी सेनाले गरेको दुई अनुरोध अस्वीकार गरेको छ।
स्विस सरकारले ‘तटस्थता कानुन’ का कारण युद्धसँग सम्बन्धित सैन्य उडानलाई अनुमति दिन नसकिने जनाएको छ।
तर मर्मतसम्भार र ढुवानी सम्बन्धी तीन उडानलाई भने अनुमति दिइएको छ।


विश्व खबर 


















