images
images
  • छुनै नसकिने सुनको भाउ एकाएक ह्वात्तै घट्यो, चाँदीको पनि सस्तियो : कतिमा हुँदैछ करोबार ? (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

    शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो ।

    यस अनुसार दुई दिनको अवधिमा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।

    आइतबार सुनको मूल्य १० ग्रामको २ लाख ६५ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ३७५ रुपैयाँ थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

    आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको छ, जबकि शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो ।

    यस अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आइतबार चाँदीको मूल्य १० ग्रामको ४ हजार ५१८ रुपैयाँ कायम भएको छ ।

    शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ७११ रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images