images
images
  • के देउवाले उलान् त विश्वासको मत? यस्तो छ सांसदको अंकगणित !

    काठमाडौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। देउवाले बहुमत पाउन नेकपा एमालेको माधवकुमार नेपाल समूह निर्णायक देखिएको छ। उनलाई विश्वासको मत दिलाउन नेपाल समूहका कम्तीमा ९ सांसदले मत दिनुपर्ने हुन्छ। यसअघि नेपाल समूहका २३ सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेका थिए।

    देउवा एमालेको नेपाल तथा जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका सहित बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। बहुमतका लागि उनले आज कम्तीमा १३६ सांसदको मत पाउनुपर्नेछ। प्रधानमन्त्री देउवाको दल कांग्रेसका अहिले ६३ सांसद छन्। जसमध्ये ६१ जनाले मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउँछन्। किनकि दुई जना (विजयकुमार गच्छदार र अफताव आलम) निलम्बनमा छन्।

    यस्तै सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीका ५३ जनामध्ये ४८ सांसदले प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिनेछन्। माओवादीका चार सांसद निलम्बनमा छन् भने सांसद अग्निप्रसाद सासकोटा सभामुख छन्। कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्दा जसपाका १२ जना सांसदहरुले हस्ताक्षर गरेका थिए। यद्यपि शनिबार मात्रै थप चार जना सांसदहरु देउवालाई समर्थन गरेको जसपाको यादव समूहमा थपिएका छन् ।

    राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । जनमोर्चाका एक जना प्रतिनिधि सभा सदस्य छन्। यस्तै चार जना स्वतन्त्र सांसदमध्ये एक जना स्वतन्त्र सांसदले पनि देउवालाई विश्वासको मत दिने भएका छन्। सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र दर्ता भइसकेको छ। संविधानको धारा ७६ ९५० अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

    संसद सचिवालय स्रोतका अनुसार सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी थिइन्।

    सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त नगरे उनैले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ।तर आन्तरिक विवादका बाबजुद एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ।

    प्रतिनिधि सभामा बहुमत सांसदबाट विश्वासको मत पाए भने देउवाले प्रतिनिधि सभाको पूरा कार्यकाल ९५ वर्षको बाँकी० नियमित सरकारको नेतृत्व गर्न पाउनेछन्।यस हिसाबले ओलीले झन्डै साढे तीन वर्ष सरकार चलाइसकेकाले बाँकी डेढ वर्ष देउवाले निरन्तरता पाउनेछन्। त्यसपछि त स्वतः चुनाव हुने नै छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images